Flash News

‘सरकारले देशलाई विदेशीहरूको खेल मैदान बनाउन खोज्यो’

२० फाल्गुन २०७९, शनिबार १०:१८

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मुलुकलाई विदेशीहरुको खेल मैदान बनाउन खोजिरहेको आरोप लगाएका छन्।

मुस्ताङमा विश्वविद्यालय खोल्ने भारतको प्रस्तावलाई स्विकार गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनविरुद्ध गद्दारी गरेको र मुलुकलाई विदेशीहरुको खेलमैदान बनाउन चाहेको अध्यक्ष ओलीको आरोप छ। स्थानीय तह कर्मचारी संघ, नेपालले शनिबार एमाले पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा ओलीले मुस्ताङमा रहेको युरेनियमलाई ध्यान दिएर विश्वविद्यालय खोल्ने भनिएको र त्यो मुलुकका लागि नै अति खतरनाक भएको दाबी गरे।

‘विश्वविद्यालय बनाउन खोजेको हो र त्यहाँ रु विश्वविद्यालयको नाममा अर्थोक नै गर्न खोजेको हो । विदेशीहरुको खेल मैदान बनाउन खोजेको हो । त्यहाँको युरेनियम, त्यसमा ध्यान दिएको हो,’ ओलीले, ‘जहाँ मान्छे छैन, त्यहाँ विश्वविद्यालय । भनेको त्यो खास उद्देश्यका पेड मान्छेहरु मात्रै बस्छन त्यहाँ । र, यो एउटा बुहतै खतरनाक कुरा हो ।’

भारतलाई खुशी पार्न प्रचण्डले भारतबाट आउने तरकारीहरुको जाँच गर्नु नपर्ने आदेश दिएको आरोप पनि ओलीले लगाए। ‘अहिले सरकारमा बस्नेहरुलाई कुनै लाजसराम छैन्। हाम्रो भान्साभान्सामा विषायीयुक्त चिज आउन दिने, भान्साभान्सामा नेपालीलाई खान दिने, मालिक खुसी हुन्छन कि हँुँदैनन्। त्यति हो कुरा। मालिक खुसी हुन्छन भने नेपाली मेरेर के भयो? नेपालीका भान्सामा विषादी आएर के भयो?’ ओलीले भने।अध्यक्ष ओलीले कांग्रेस नेतृत्वको ८ दलीय गठबन्धनको कुनै गन्तव्य नभएको पनि बताए।

प्रतिक्रिया दिनुहोस्