Flash News

घरको छतबाट खसेर माधव नेपालका भाई सरोजको निधन

२० फाल्गुन २०७९, शनिबार १२:४८

काठमाडौँ। एकीकृत समाजवादीका केन्द्रीय सदस्य सरोजकुमार उपाध्यायको निधन भएको छ।

उनी एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका भाईसमेत हुन्। उपाध्याय शनिबार शंखमुलस्थित एक रेष्टुरेन्टको ६ तलामाथिबाट खसेका थिए।

एकीकृत समाजवादी पार्टी केन्द्रीय लेखा आयोगका सदस्य देवीलाल रावलका अनुसार सरोजलाई तत्काल उद्दार गरेर सिभिल अस्पताल लगिएको थियो।

सिभिलमा उपचार सम्भव नभएपछि माइतिघरस्थित अन्नपूर्ण अस्पताल लगिएको महानगरीय प्रहरी परिसर, काठमाडौँका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्