काठमाडौँ। जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादले अन्तर्घात छानबिनको प्रतिवेदन सार्वजनिक हुने बताएका छन् । शनिबार छानबिन समितिको प्रतिवेदन बुझ्दै उनले उक्त कुरा बताएकाहुन् ।
उनका अनुसार प्रतिवेदन आगामी बैठकमा प्रस्तुत हुन्छ । यो प्रतिवेदनले भविष्यमा अनुशासित मर्यादित पार्टी पंक्तितयार गर्ने र आउने पिँढीलाई मार्गनिदेश गर्ने अध्यक्षयादवले बताए ।
शिवलाल थापा संयोजकत्वको छानबिन समितिले गत मंसिरमा सम्पन्न निर्वाचनमा भएको अन्तर्घातको स्थलगत रुपमा तयार पारेको प्रतिवेदनमा केन्द्रदेखि स्थानीय तहसम्मका ८० जना नेता, कार्यकर्तालाई कारबाहीको लागिसिफारिस गरिएको छ ।