राजनीनिती

कर्णाली प्रदेश स्तरिय दुई दलीय राजनीतिक संयन्त्रको बैठक सम्पन्न

१७ पुष २०८१, बुधबार १७:२०

सुर्खेत । सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच निर्माण भएको दुई दलीय राजनीतिक संयन्त्रको बैठक सम्पन्न भएको छ ।

कर्णाली प्रदेश स्तरीय राजनीतिक संयन्त्रको प्रथम बैठक नेकपा(एमाले)को प्रदेश पार्टी कार्यालय,वीरेन्द्रनगर सुर्खेतमा नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश ईन्चार्ज  गोरख बहादुर बोगटीको अध्यक्षतामा सम्पन्न भएको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कडेलले प्रदेश सरकारसङग सम्बन्धित सवालमा बिस्तृत जानकारी गराउनु भएको छ ।

बैठकले कर्णाली प्रदेश सरकारको कामलाई थप प्रभावकारी बनाउन आवश्यक समन्वय र सहजीकरण गर्ने, आपसी समझदारी र छलफलको माध्यमबाट कर्णाली प्रदेशमा सत्ता सहकार्य एवम् सञ्चालन गर्ने, दुईदलबीच असमझदारी सृजना भएमा तत्काल संयूक्त बैठक बसी समाधान गर्ने र दुई दलबीच भएको वर्तमान सत्ता सहकार्यलाई २०८४ सम्म मजवुद बनाउन तथा राजनीतिक स्थायित्वको आधार तयार गर्न प्रदेश स्तरमा आवश्यक भूमिका निर्वाह गर्ने लगायतका समसामयिक विषयमा छलफल भएको छ ।

उक्त बैठकमा कर्णाली प्रदेश सरकारका माननीय मुख्यमन्त्री यामलाल कँडेल, नेपाली कांग्रेस संसदीय दलका नेता एवम् पूर्व मुख्यमन्त्री माननीय जीवनबहादुर शाही, नेपाली कांग्रेस प्रदेश सभापति ललितजंग शाही, नेकपा (एमाले)का प्रदेश अध्यक्ष गुलाबजंग शाह, नेपाली कांग्रेस प्रदेश महामन्त्री निरञ्जन के.सि. लगायत दुई दलीय प्रदेश स्तरीय संयन्त्रका सदस्यहरूको उपस्थिति रहेको थियो ।

अर्को बैठक आगामी माघ दोस्रो हप्ताभित्र बस्ने समझदारी भएको छ । अब जिल्ला संयन्त्रकोका बैठकहरु समेत बस्ने  नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश ईन्चार्ज  गोरख बहादुर बोगटीले हिमालय प्रेसलाई जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्