राजनीनिती

सचिवालय बैठक बस्दै एमालेको

१८ पुष २०८१, बिहीबार ०९:५१

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बिहीबार बस्दैछ ।

बैठक पार्टी कार्यालय च्यासलमा आज दिउँसो १२ः३० मा बस्न लागेको हो । आजको बैठकमा केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गरिनेछ । केन्द्रीय कमिटी बैठकको मिति नजिकिँदै गर्दा त्यसका एजेण्डा र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको हो ।

एमालेको केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गतेका लागि डाकिएको छ ।

प्रतिक्रिया दिनुहोस्