राजनीनिती

आगामी बजेटमा कर्णालीलाई समेट्नुपर्ने विषयमा प्रधानमन्त्री समक्ष लिखित आग्रह

२६ पुष २०८१, शुक्रबार १५:२१

काठमाडौँ । कर्णालीबाट केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने नेकपा एमालेका नेताहरूले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आगामी बजेटबारे छलफल गरेका छन् ।

प्रधानमन्त्रीलाई भेटेर आगामी बजेटमा कर्णालीलाई समेट्नुपर्ने विषयमा बेलैमा लिखित आग्रह गरेको एमाले नेता विष्णु रिजालले जानकारी दिएका छन् ।

‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट भयो, हिजो भनौँ कि आज, हिजो राती साढे ११ बजेबाट आज बिहान १ बजेसम्म,’ रिजालले सामाजिक सञ्जालमा लेखेका छन् ।

रिजालका अनुसार एमालेका स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गोरखबहादुर बोगटीको संयोजन तथा नेतृत्वमा कर्णालीबाट केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने नेताहरू प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् ।

व्यस्त समयका बाबजुद प्रधानमन्त्रीको समय मिलेको भनेर रिजालले आभार समेत प्रकट गरेका छन् । भेटमा प्रधानमन्त्री ओलीले आफूहरूसँग एआईको प्रयोग, पार्टी अनुशासन र पिएचडीको चर्चा गरेको पनि रिजालले बताएका छन् ।

उनले लेखेका छन्, ‘एमाले र काँग्रेसबिचको कार्यदलको बैठक सकेर, बीचमा अरु भेटघाट पनि गरेर व्यस्तताका बीच प्राप्त समयमा उहाँको विस्तृत ज्ञानको दायराबाट विविध विषयमा लाभ हासिल गरियो-कर्णाली सभ्यता एआईको प्रयोगात्मक परीक्षणसम्म ।

source : prasashan.com

प्रतिक्रिया दिनुहोस्