राजनीनिती

सहकारी पिडितको १ अर्ब ६३ करोड रकम प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले फिर्ता गरायो – बोगटी

३ माघ २०८१, बिहीबार २०:१३

काठमाडौं । एमाले हुम्ला – काठमाडौं सम्पर्क मञ्चले, सम्वाद डवली, काठमाडौंमा आयोजित अन्तरक्रिया तथा पालिका स्तरिय सम्मेलनमा एमालेका स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश ईन्चार्ज गोरख ब. बोगटीले एमालेका अध्यक्ष सम्माननिय प्रधानमन्त्री के.पी. शर्मा वली नेतृत्वको सरकारले सहकारी पिडितको १ अर्ब ६३ करोड भन्दा बढी रकम फिर्ता दिने महत्वपुर्ण कार्य गरेको बताउनु भयो । बोगटीले गठबन्धनको मर्म र सहमती अनुसार संबिधान संशोधन हुने बताउनु भयो ।
उनले पार्टी भित्र र बाहिर राष्ट्रिय स्वार्थ समुहहरु स्वार्थ पुर्तीका लागि परेको बताउनु भयो ।

कार्यक्रमको बिशेष अतिथी एमाले केन्द्रिय कमिटी सदस्य तथा कर्णाली प्रदेश सम्पर्क कमिटी ईन्चार्ज कल्पना थापाले सम्पर्क मञ्चका काम कर्तब्य र अधिकारका बारेमा निर्देशनात्मक भनाई राख्नु भएको थियो ।

बिशेष अतिथी एमाले केन्द्रिय कमिटी सदस्य तथा हुुम्ला जिल्ला ईन्चार्ज छक्क ब. लामाले पार्टी संगठनको औचित्यको बारेमा प्रष्ट पारेका थिए ।

बिशेष अतिथी एमाले केन्द्रिय कमिटी सदस्य तथा हुुम्ला जिल्ला प्रदेश ख ईन्चार्ज दल रावलले एमाले नेतृत्वले गरेका विकाशका धेरै काम अग्र भागमा रहेको र स्वयं आफु सामाजिक बिकाश मन्त्री हुदा कर्णालीका गाउ गाउमा बिधालय, खेलमैदान लगायत अन्य विकाशका यावत पुर्बाधार निर्माण गरेको बताउनु भयो ।

कार्यक्रममा केन्द्रि कमिटी सदस्य दल फडेरा, कर्णाली प्रदेश कमिटी सदस्य नबराज महतारा, जिल्ला कमिटी अध्यक्ष ग्यामी बुमी, स्थानिय तह बिभाग सदस्य खगेन्द्र कार्की, जिल्ला कमिटी उपसचिव मन्जु रावल, रेडक्रस नेपालका केन्द्रिय सदस्य गोकुल बुढा, कर्णाली प्रदेश सम्पर्क कमिटी उप सचिव बिरजन महतारा, राष्ट्रिय युवा संघ सचिवालय सदस्य उपेन्द्र शाही, अनेरास्ववियुका के.स. जयराज संज्याल र सि.के. लामा लागयतले धारण राखेका थिए ।

कार्यक्रमको अध्यक्षता हुम्ला काठमाडौं सम्पर्कका अध्यक्ष भरत रावत, स्वागत मन्तब्य मञ्चका उपाध्यक्ष पदम लामा र संचालन मञ्चका सचिव सुबिष्त भण्डारी गरेका थिए ।

कार्यक्रममा नेकपा (एकिकृत समाजवादी) का जिल्ला कमिटी, हुम्लाका सदस्य कृष्ण बम र नेकपा (बिप्लब) का हुम्ला काठमाडौं सम्पर्क मञ्चका उपाध्यक्ष रामचन्द्र बुढालाई प्रमुख अतिथीले स्वागत गर्दै एमालेमा प्रबेश गराउनु भएको थियो ।

हुम्लाका – सिमकोट काठमाडौं सम्पर्क मञ्च यम ब.बोहोराको अध्यक्षतामा र सर्केगाड – काठमाडौं सम्पर्क मञ्च नवराज रावतको अध्यक्षतामा गठन भएको छ ।

प्रतिक्रिया दिनुहोस्