राजनीनिती

एमाले कर्णाली प्रदेश संयन्त्रको बैठक सम्पन्न : पार्टीको अभियान प्रभावकारी बनाउने निर्णय

५ माघ २०८१, शनिबार १३:०३

सुर्खेत । नकेपा एमाले कर्णाली प्रदेश संयन्त्रकाे पहिलाे बैठक सम्पन्न भएकाे छ । नेकपा एमाले कर्णाली प्रदेश कार्यालयमा पार्टीका प्रदेश ईन्चार्ज गाेरख बहादुर बाेगटीकाे अध्यक्षमा संयन्त्रकाे पहिलाे बैठक सम्पन्न भएकाे हाे ।

नेकपा एमालेका केन्द्रीय संगठन विभाग प्रमुख काशिनाथ अधिकारीकाे प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले पार्टीले संचालन गर्ने तीन महिने अभियानलाई प्रभावकारी रुपमा संचालन गर्ने निर्णय भएकाे ईन्चार्ज गाेरख बहादुर बाेगटीले बताए ।

‘तीन महिने अभियानलाई प्रभावकारी बनाउन सबै संयन्त्र परिचालन गर्नु पर्छ ।’ उनले भने,’अभियानलाई वडातह सम्म प्रभावकारी रुपमा संचालन गर्न पार्टिका सबै संयन्त्र सक्रिय हुने र पार्टीले देशकाे आर्थिक विकास,सुशासन,सेवा प्रवाहका लागि गरेका उल्लेखीय कामका विषयमा जनतालाई स्पष्ट पार्नु पर्छ । जसले गर्दा जनतामा पार्टी प्रतिकाे विश्वास बढाउन तर्फ अभियान केन्द्रित गर्ने याेजना छ ।’

ईन्चार्ज बाेगटीले पार्टीको कामलाइ प्रभावकारी बनाउनका लागि प्रदेश स्तरमा प्रदेश इन्चार्जको अध्यक्षतामा १०  जिल्लाका इन्चार्जहरु र प्रदेश कमिटीका पदाधिकारी (अध्यक्ष,उपाध्यक्ष,सचीव र उपसचिव २ जना) रहने गरी  एक समिति बनाईने उल्लेख गरे ।

बैठकले प्रदेश कमिटीको बैठकलाइ प्रभाबकारी बनाउन, पार्टी केन्द्रबाट तय भएको वडा केन्द्रीत तीन महिने अभियानलाइ वडा तहसम्म प्रभावकारी कार्यन्वयन गर्न गराउनका लागि परिभाषित जिम्मेवारीका सबै नेताकार्यकर्ताहरु सक्रिय रुपमा लाग्नु पर्ने निर्णय गरेको छ ।

पार्टीको कामलाइ प्रभावकारी बनाउनका लागि प्रदेश संयन्त्र प्रदेश स्तरमा प्रदेश इन्चार्जको अध्यक्षतामा दस जिल्लाका इन्चार्जहरु, प्रदेश कमिटीका पदाधिकारीहरु रहने ब्यबस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्