Flash News

देशका केही भागमा मौसम बदली हुने

२३ फाल्गुन २०७९, मंगलवार ०२:५९

काठमाडौँ। देशका केही भागमा आज पनि मौसम बदली भएको छ।

पश्चिमी वायुको सामान्य प्रभावका कारण सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली भएको छ। आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन चट्याङ्गसहित हल्का वर्षाको सम्भावनासमेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

साथै हिमाली क्षेत्रका एकरदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ। बुधबार र बिहीबार पनि देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन रचट्याङ्गसहित हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। चट्याङसहित वर्षा र हिमाली क्षेत्रमा हिमपात हुने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सचेत गराएको छ।

प्रतिक्रिया दिनुहोस्