राजनीनिती

प्रशिक्षण तथा अनुगमन कार्यक्रम सम्पन्न

६ माघ २०८१, आईतवार १७:२२

सुर्खेत । एमाले केन्द्रीय अनुशासन आयोगको आयोजना र कर्णाली प्रदेश कमिटीको ब्यबस्थापनमा प्रशिक्षण तथा अनुगमन कार्यक्रम प्रदेश पार्टी कार्यालय सुर्खेतमा सम्पन्न भएको थियो ।

कार्यक्रम आयोगकका अध्यक्ष केशव वडालको अध्यक्षता तथा कर्णाली प्रदेश इन्चार्ज गोरखबहादुर बोगटी र कर्णाली प्रदेश अध्यक्ष गुलावजङ्ग शाहको आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रममा पार्टी संगठन, नेतृत्व र अनुशासनका बारेमा आयोगका अध्यक्ष केशब बडाल र आचारसंहिता र अनुशासनका बारेमा, प्रा.डा. भरत पहारीले प्रशिक्षण दिनु भएको थियो ।

कार्यक्रमको सन्चालन प्रा.डा. भरत पहारीले र स्वागत मन्तब्य प्रदेश कमिटी अध्यक्ष गुलावजङ्ग शाहले गर्नु भएको थियो ।

कार्यक्रमको अन्तमा प्रदेश इन्चार्ज गोरखबहादुर बोगटीले समग्र प्रशिक्षणको अनुभुती बारेमा प्रकाश पार्नुका साथै आयोजक, ब्यबस्थापक र सहभागीहरुलाइ धन्यवाद दिनु भएको थियो

प्रतिक्रिया दिनुहोस्