Flash News

सत्ताघटकका दलहरुमा छलफल प्रारम्भ

२३ फाल्गुन २०७९, मंगलवार १०:४२

काठमाडौँ।  सत्तागठबन्धनलाई थप विस्तार गर्ने विषयमा सत्ताघटकका दलहरुमा छलफल प्रारम्भ भएको छ।

सत्ताघटक दलको बैठकपछि प्रतिक्रिया दिने क्रममा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले गठबन्धनमा रहने दलको संख्या बढ्नसक्ने बताए।

‘गठबन्धन विस्तार गर्ने छलफलको प्रारम्भ भएको छ । गठबन्धन ८ बाट १० पुग्ने सम्भावना छ,’ भुसालले भने, ‘डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी सम्मिलित हुँदा गठबन्धनमा नौ दल पुगेका छन् ।

राष्ट्रपतिको चुनावमा प्राविधिक तयारीका लागि मुख्य छलफल भएको नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए । बिहीबार हुने राष्ट्रपति निर्वाचनमा व्यवस्थापन विषयमा छलफल भएको उनले बताए ।

मंगलबार दिउँसो नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको बैठक पछि खड्काले भने, ‘शक्ति बाँडफाडमा आज छलफल प्रवेश गरेनौं । राष्ट्रपतिको निर्वाचन पछि छलफल हुन्छ।’

प्रतिक्रिया दिनुहोस्