सुर्खेत । कर्णाली प्रदेश स्तरीय दुई दलीय राजनीतिक संयन्त्रको दोश्रो बैठक नेपाली कांग्रेस कर्णाली प्रदेश समितीका सभापति ललितजङ्ग शाहीको अध्यक्षतामा नेपाली कांग्रेसको प्रदेश पार्टी कार्यालय वीरेन्द्रनगर,सुर्खेतमा आज सम्पन्न भएको छ ।
आजको बैठकमा कर्णाली प्रदेश सरकारका माननीय मुख्यमन्त्री यामलाल कडेलले सरकारले गरेका र अब गर्नुपर्ने कामको बारेमा जानकारी गराउनु भयो । बैठकमा नेकपा (एमाले) कर्णाली प्रदेश इन्चार्ज गोरखबहादुर बोगटी, नेपाली कांग्रेस प्रदेशसभा दलको नेता जीवनबहादुर शाही, नेकपा (एमाले) कर्णाली प्रदेश कमिटी अध्यक्ष गुलावजङ्ग शाह र नेपाली कांग्रेसका सभापति तथा बैठकका अध्यक्ष ललितजङ्ग शाहीले सत्ता साझेदार दलबीचको आपसी सल्लाह, सुझाव एवम् सहकार्यको सस्कृतिलाई थप प्रगाढ बनाउदै अघि बढ्नु पर्ने लगायतका सुझाबहरु राख्नु भएको थियो।
साथै सरकारसँग सम्बन्धित बिषयमा छ्लफलको आवश्यकता महशुस भएमा संयन्त्रमा छ्लफलको बिषय बनाइ अघि बढ्ने र जिल्ला स्तरीय दुई दलीय राजनीतिक संयन्त्रका बैठक सन्चालन गरि कृयाशील रहन आ-आफ्नो पार्टीको तर्फबाट निर्देशन गर्ने निर्णय भएको नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश कमिटी इन्चार्ज गोरख ब. बोगटीले हिमालय प्रेसलाई जानकारी दिनु भएकोछ ।