राजनीनिती

पार्टी अभियान सफल बनाउना पार्टीको नीति, बिचार एवम् सिद्धान्तलाई आत्मसात गरि अगाडी बढ्नु पर्छ – ईन्चार्ज बोगटी

११ माघ २०८१, शुक्रबार २२:०४

खलंगा । नेकपा (एमाले)का सथायी कमिटी सदस्य तथा कर्णाली प्रदेश कमिटी इन्चार्ज गोरख ब. बोगटीले आज सल्यान जिल्ला कमिटीद्घारा सल्यानको सदरमुकाम खलङ्गामा आयोजित पार्टीको वडा केन्द्रित तिन महिने अभियानको सन्दर्भमा भएको बैठकमा प्रशिक्षण दिदै पार्टीको अभियान सफल पार्न पार्टी निति सिद्दान्तलाई अङ्किकार गरि सिङ्को सल्यान जिल्ला कमिटी अभियानमा केन्द्रित भएर अभियान सफल पर्नु पर्ने कुरा बताउनु भएको थियो ।

बैठकमा पार्टी अभियानमा प्रदेश इन्चार्ज गोरखबहादुर बोगटीले पार्टी अभियान,पार्टीको नीति,बिचार एवम् सिद्धान्तलगायत आगामी गर्नुपर्ने कामका बारेमा बिस्तृत रुपमा  प्रशिक्षणमुलक मन्तब्य राख्नु भएको थियो ।

नेकपा एमाले जिल्ला कमिटी सल्यानको पाँचौं वडा केन्द्रीत ३ महिने पार्टी अभियान लक्षित बैठक सल्यान खलंगाको पार्टी कार्यालयमा जिल्ला अध्यक्ष भीमबहादुर सेनको अध्यक्षता, कर्णाली प्रदेश कमिटी इन्चार्ज गोरखबहादुर बोगटीको प्रमुख आतिथ्यता,सल्यान जिल्ला इन्चार्ज गोविन्द पुन, कर्णाली प्रदेश कमिटी अध्यक्ष गुलाव जङ शाहको आतिथ्यतामा पार्टी सुदृढीकरण एवम् शुद्धीकरण, अवको ध्यान वडा-केन्द्रीत अभियान मार्फत ३ महिना पार्टी काममा लाग्ने निर्णय गर्दै १० वटै पालिकाको बैठक मितिसमेत तय गरेको गर्दै सम्पन्ना भएकोछ ।

वडाकेन्द्रीत अभियान मार्फत ३ महिना पार्टी काममा लाग्ने निर्णय गर्दै १० वटै पालिकाको बैठकमो मितिसमेत तय बैठकले गरेको जानकारी दिए।

बैठकमा  जिल्ला इन्चार्ज गोबिन्द पुन र प्रदेश अध्यक्ष गुलावजङ्ग शाहले पनि मन्तब्य राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्