राजनीनिती

नेकपा (एमाले) सम्पर्क समन्वय कमिटीमा हुम्लाका देविलाल रावल मनोनित

११ माघ २०८१, शुक्रबार २२:४७

काठमाडौं । नेकपा एमाले केन्द्रीय सचिवालय को ४४औं बैठकबाट लामो समय सम्पर्कमा काम गर्नु भएका कर्णाली अञ्चक सम्पर्क कमिटी पुर्ब सचिव युवा नेता  देविलाल रावल नेकपा एमाले सम्पर्क समन्वय कमिटीको सदस्यमा पार्टीले मनोनित गरेकोछ ।

केन्द्रिय सचिवालयको बैठकबाट मनोनित भई आज एमालेको अपानी जारी भएको थियो ।

हुम्ला जिल्लाका देविलाल रावलसंगै सम्पर्क समन्वय कमिटीमा सर्लाहीका युवराज उप्रेती पनि मनोनित हुनु भएकोछ । मनोनित सदस्यहरुको सपथ ग्रहण कार्यक्रम छिट्टै गरिने जानकारी सम्पर्क समन्वय कमिटीका संयोजक श्याम बस्नेतले हिमालय प्रेसलाई जानकारी दिनु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्