राजनीनिती

एमाले दैलेखका पालिका स्तरिय सम्मर्क मञ्चहरु गठन

१२ माघ २०८१, शनिबार २०:२५

काठमाडौं । नेकपा (एमाले) दैलेख – काठमाडौं सम्पर्क मञ्चको आयोजनामा दैलेख जिल्लाका बिभिन्न पालिकाबाट काठमाडौंमा बिभिन्न पेशा ब्यबसाय तथा अध्ययन गरी बसोबास गर्ने दैलेखबासीहरुको बृहत भेलाबाट काठमाडौंको मिनभवन क्यम्पसमा दैलेखका ५ पालिका स्तरिय सम्पर्क मञ्चहरुको गठन गर्दै सम्मेलन सम्पन्न भएकोछ ।

सम्मेलनका प्रमुख अतिथी नेकपा (एमाले) का केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश सम्पर्क कमिटी इन्चार्ज कल्पना थापाले सम्पर्क मञ्चका काम, कर्तब्य र अधिकारका बारेमा निर्देशनात्मक मन्तब्य राख्नु भएको थियो । सम्मेलनमा नेकपा (एमाले) केन्द्रिय सल्लाहकार परिषद सदस्य तथा आठबिश न.पा. प्रमुख तर्क ब. बडुवाल, सम्पर्क समन्वय कमिटी सचिवालय सदस्य सत्यादेबी खड्का, सदस्य देबिकृष्ण चौलागाई, सदस्य देविलाल रावल, कर्णाली प्रदेश सम्पर्क कमिटीका अध्यक्ष भक्त ब. रावत लगायत ज्ल्लिा पार्टीका नेताहरुको आतिथ्यतामा सम्पन्ना भएकोछ ।

सम्मेलन दैलेख – काठमाडौं सम्पर्क मञ्चका अध्यरक्ष कटक ब. शाही र संचालन सचिव नारायण खनालले गर्नु भएको थियो ।

सम्मेलनले आठबिस न.पा. – काठमाडौं सम्पर्क मञ्च देभराज खनाल, भगवती गा.पा माई – काठमाडौं सम्पर्क मञ्चमा प्रकाश रेग्मी, नारायण न.पा. – काठमाडौं सम्पर्क मञ्चमा सुनिल न्यौपाने, भैरबी गा.पा. – काठमाडौं सम्पर्क मञ्चमा शत्रुगन शाही र नौमुले गा.पा. –  काठमाडौं सम्पर्क मञ्चमा गगन ब. थापाको अध्यक्षतामा पालिका स्तरिय सम्पर्क मञ्चहरु गठन भएका छन ।

प्रतिक्रिया दिनुहोस्