राजनीनिती

एमाले जुम्लाका पालिका स्तरिय सम्मर्क मञ्चहरु गठन

१२ माघ २०८१, शनिबार २०:५७

 

काठमाडौं । नेकपा (एमाले) जुम्ला काठमाडौं सम्पर्क मञ्चको आयोजनामा जुम्ला जिल्लाका बिभिन्न पालिकाबाट काठमाडौंमा बिभिन्न पेशा ब्यबसाय तथा अध्ययन गरी बसोबास गर्ने जुम्लाबासीहरुको बृहत भेलाबाट काठमाडौंको मिनभवन क्यम्पसमा का जुम्लाका ४ पालिका स्तरिय सम्पर्क मञ्चहरुको गठन गर्दै सम्मेलन सम्पन्न भएकोछ ।

सम्मेलनका प्रमुख अतिथी नेकपा (एमाले)का केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश सम्पर्क कमिटी इन्चार्ज कल्पना थापाले सम्पर्क मञ्चका काम, कर्तब्य र अधिकारका बारेमा निर्देशनात्मक मन्तब्य राख्नु भएको थियो । सम्मेलनमा नेकपा (एमाले) केन्द्रिय कमिटी सदस्य रतननाथ योगी, केन्द्रिय सल्लाहकार परिषद सदस्य बलबहादुर महत, कर्णाली सम्पर्क समन्वय कमिटी सचिवालय सदस्य सत्यादेबी खड्का, सदस्य देबिकृष्ण चौलागाई, सदस्य देविलाल रावल, कर्णाली प्रदेश सम्पर्क कमिटीका अध्यक्ष भक्त ब. रावत, कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानका राजिष्ट्रर नृपेन्द्र महत लगायत ज्ल्लिा पार्टीका नेताहरुको आतिथ्यतामा सम्पन्ना भएकोछ ।


सम्मेलन जुम्ला काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष नेत्र धिताल र संचालन सचिव अनिल बि.क.ले गर्नु भएको थियो ।

सम्मेलनले कनकासुन्दरी गा.पा. काठमाडौं सम्पर्क मञ्चमा रामलाल बि.क., चन्दननाथ न.पा. काठमाडौं सम्पर्क मञ्चमा गोमा खत्री, सिंजा गा.पा. काठमाडौं सम्पर्क मञ्चमा सूर्य प्रकाश खत्री र तातोपानी गा.पा. काठमाडौं सम्पर्क मञ्चमा कृष्ण खत्रीको अध्यक्षतामा पालिका स्तरिय सम्पर्क मञ्चहरु गठन भएका छन ।

प्रतिक्रिया दिनुहोस्