रुकुम । नेकपा (एमाले) रुकुम (पश्चिम)को चौथो पुर्ण बैठकबाट केन्द्र र प्रदेशको सर्कुलर बमोजिम ३ महिने वडा केन्द्रित अभियान जिल्ला कमिटी बैकठसंगै कार्यक्रम उद्घाटन भएको छ । जिल्ला कमिटीका जिल्ला अध्यक्ष नन्दराम देवकोटाको अध्यक्षतामा बसेको जिल्ला कमिटी बैठकमा कर्णाली प्रदेश कमिटी इन्चार्ज गोरख बहादुर बोगटीको प्रमुख आतिथ्यता संगै कर्णाली प्रदेश कमिटी अध्यक्ष गुलाब जङ शाहको विशेष आतिथ्यता रहेको थियो ।
जिल्ला कमिटी बैठकमा पालिका अध्यक्षहरुले पार्टीको पालिकामा भएका पार्टी गतिविधि र संगठनका काम काजको विषयमा रिपोर्टिङ् गर्नुको साथै अन्य उपस्थिति जिल्ला कमिटी सदस्यहरुले समेत केही रिपोर्टिङ राख्नु भएको थियो ।
जिल्ला कमिटी बैठकलाई सम्बोधन गर्दै कर्णाली प्रदेश कमिटी अध्यक्ष गुलाब जङ्ग शाहले पार्टी निर्माण रुकुममा कर्णाली प्रदेश कमिटीले सदैव अग्रपंङ्तिमा रहि पार्टी निर्माणमा जोड दिने र मैले पनि पार्टी दौडानको सन्दर्भमा छिमेकी जिल्ला भएकाले पनि १२/१३ बर्ष सम्म रुकुम एमालेलाई पार्टी निर्माणमा सहयोग पुर्याउदै आएको बताउनु भयो । हरेक काल खण्डमा पार्टी चलायमान र संगठन निर्माण भौतिक रुपमा उपस्थिति हुने देखि हरेक फिडब्याक दिदै आएको बताउनु भयो ।
हामी जुनसुकै कार्यमा आफु सफल हुन धेरै योजनाहरु बनाउने कामहरु गर्छौ र आफ्नु कामुमा सहि नतिजा प्राप्त गर्न प्रमुख दुस्मुनलाई प्रहार गर्ना साहेक दुस्मणको सहयोग लिनु पर्छ र हाम्रो पार्टी निर्माण गर्न पनि साहेक केही व्यक्तिहरुको सहयोग लियर हाम्रो पार्टीलाई जनताको माझ लोकप्रिय बनाउना सफल हुनुपर्छ भन्दै हाम्रो पार्टी यो देश कै निर्णायक पार्टी बन्ने प्रायासमा छ विचारले पनि अब्बल हाम्रो पार्टी अहिले हुने ३ महिने वडा केन्द्रिति अभियानले पनि थप सहयोग पुर्याउने बताउनु भएको छ र यो अभियान सबै नेता कार्यकर्ताहरुले विभिन्ना जिम्मेवारीमा रहि कार्यान्वयन गर्ना गराउना निर्देशन दिनु भएको छ ।
पार्टी कार्यकर्ताहरुलाई सामाजिक सञ्जालमा पार्टी विरुध्द भएको भरमार कुप्रचारका विरुध्द ओकालत गर्नेा र पार्टी कार्यकर्ताहरुले पनि पार्टी हित विपरीत सामाजिक सञ्जालमा जथाभावी नबोल्न निर्देशन दिनुएको छ पार्टीलाई हरेक दृष्टिकोणले मजबुत बनाउदै जान पार्टि संगठित सदस्य अनिवार्य रुपमा कुनैना कुनै संगठनमा जोडिना आग्रह गर्नु भएको छ ।
बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि गोरख बोगटीले नेकपा एमाले काम काज र पार्टी निर्माणमा अनेत्र प्रदेशको तुलनामा कर्णाली प्रदेश अग्रपंतिमा रहेको बताउनु भयो पार्टी भित्र आएका जुनसुकै कार्यकर्तालाई पुर्व पश्चिम नभन्न पनि आग्रह गर्नुभएको छ जो जहाबाट आय पनि हामी एउटै हो हाम्रो लक्ष्य उदेश्य एउटै हो पुर्व पश्चिम नभनेर पार्टी निर्माणमा जोड दिना आग्रह गर्दै अहिले सरकार सञ्चालनमा दुई दलिय संयन्त्रको बैठक अनेत्र १ पटक बस्दा हामीले २ पटक संयन्त्रको बैठक बसेका छौ हामीले कर्णाली प्रदेश सरकार सञ्चालनमा हामीले पटक पटक जनसरोकारको विषयमा केन्द्रित रहि पार्टी र सत्ता सञ्चालन गरिरहेका छौ ! हामी अब छिट्टै फेरी पनि कर्णाली विकास बनाउनामा सरकार सञ्चालनमा रहेका दुई दलिय संयन्त्र छिट्टै संघमा जाने र विभिन्ना गौरवका योजनाहरु समेत निर्माण गर्ना अहम भुमिका खेल्नेछौ भन्दै नेकपा एमालेको नेतृत्वमा रहेको सरकार जनता भुगोल र परिवेशमा रहि विकासका अवधारणा अनुरुप काम गरिरहेको बताउनु भयो कार्यकर्ताहरुले विकास निर्माणमा नेकपा एमाले कतै पछि पर्छ कि भनेर कुनै तरिकाले पनि अन्योलमा नपर्ना निर्देशन दिदै रुकुम (पश्चिम)मा पनि दुइ दलिय संयन्त्रको बैठक बसी बिकास निर्माण लगाय सरकारका विविध विषयमा छलफल गर्ना आग्रह गर्दै सबै जिम्मेवारी कार्यकर्ताहरुलाई मुख्य अहिलेको यो ३ महिने वडा केन्द्रित अभियान सफल पार्न निर्देशन दिनुभएको छ ।
जिल्ला कमिटी बैठकले ३ महिने वडा केन्द्रित अभियानलाई सफल पार्नका निम्ति विभिन्ना पालिका कमिटीको पालिका कमिटी बैठक तोकेको छ सानिभेरी गाउ पालिका र मुसिकोट नगरपालिकाले यही माघ १७ गते पालिका कमिटी बैठक तोकेको छ चौरजहारी नगर कमिटीको बैठक २० गते रहेको छ आठवबिसकोट नगर कमिटीको बैठक र त्रिवेणी पालिका कमिटी बैठक यही माघ १८ गते रहेको छ र बाफीकोट नगर कमिटीको बैठक यही माघ १९ गते रहेको छ ।
जिल्ला कमिटी बैठकमा कर्णाली प्रदेश कमिटीका सदस्यहरु टंक प्रसाद ओली गणेश बि क (चिन्तन)
शिव रसाईली (RK) कर्ण बहादुर ओली हरि प्रसाद शर्मा लगायत अन्य नेताहरुको समेत उपस्थिति रहेको थियो !
वडा केन्द्रित अभियान यहि माघ १ गते देखी सञ्चालन भै बैषाख ९ गते पार्टी स्थापना दिवसको अवसर पारेर यो अभियन समापन हुने छ!
source : purwadharnews.com