Flash News

‘राज्यका हरेक निकायमा महिलाको प्रतिनिधित्व हुनुपर्छ’

२४ फाल्गुन २०७९, बुधबार ११:०१

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संविधान र कानुनमा महिलाका पक्षमा भएका व्यवस्थाहरु कार्यन्वयन हुन नसक्ने चुनौती भएको बताएकी छन्।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा एक विज्ञप्ति जारी गर्दै शर्माले राज्यका हरेक निकायमा महिलाको प्रतिनिधित्व गराउनुपर्ने बताइन्।

सूचना प्रविधिको उपयोगमा महिलाको पहुँच विस्तार गरी सेवा प्रवाह, उत्पादकत्व, अभिवृद्धि गर्दै राज्यका सबै तह र क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागीसहित सारभूत समानता कायम गरी लैंकगिक न्याय र समानतामुलक राष्ट्र निर्माण गर्ने कार्यमा सबैको ध्यान पुग्न जरुरी रहेको भन्दै विज्ञप्तिमा उल्लेख गरिएको छ।

सूचना प्रविधिको विकासले महिलालाई जीवनयापनमा सहज बनाएको भएपनि प्रविधिमा महिलाको पहुँच अपेक्षाकृत हुन नसेकको शर्माले बताएकी छन्।

प्रतिक्रिया दिनुहोस्