Flash News

माधव नेपाललाई भेट्न कोटेश्वर पुगे ओली

२४ फाल्गुन २०७९, बुधबार ११:१७

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट भएको हो।

बुधवार दुई अध्यक्षबीच भेटघाट भएको हो। अध्यक्ष नेपालका भाइ सरोजकुमार उपाध्यायको मृत्युपछि अध्यक्ष नेपाल किरियापुत्री भवनमा बस्दै आएका छन्।

शोकको बेलामा परिवारजनलाई समवेदना दिन अध्यक्ष ओली कोटेश्वरस्थित महादेवस्थान पुगेपछि दुई अध्यक्षबीच भेटघाट भएको हो।

प्रतिक्रिया दिनुहोस्