जाजरकोट । नेकपा (एमाले) जाजरकोट कमिटीको चाैथाे बैठक रिद्धी सभा हल खलंगामा सम्पन्न भएकोछ ।
बैठक नेकपा (एमाले) जिल्ला कमिटी अध्यक्ष नरेन्द्रकुमार शाहीको अध्यक्षता, नेकपा (एमाले) कर्णाली प्रदेश इन्चार्ज तथा स्थायि कमिटी सदस्य गाेरखबहादुर बाेगटीको प्रमुख आतिथ्यतामा, पाेलिटब्युराे सदस्य तथा जाजरकोट इन्चार्ज भैरवसुन्दर श्रेष्ठ, कर्णाली प्रदेश कमिटी अध्यक्ष गुलाव जङग शाह, केन्द्रीय सदस्य हरु र सल्लाहकार परिषद सदस्यहरुको आतिथ्यतामा सम्पन्न भएकोछ ।
बैठकमा नेकपा (एमाले) कर्णाली प्रदेश इन्चार्ज तथा स्थायि कमिटी सदस्य गाेरखबहादुर बाेगटी, पाेलिटब्युराे सदस्य तथा जाजरकोट इन्चार्ज भैरवसुन्दर श्रेष्ठ, कर्णाली प्रदेश कमिटी अध्यक्ष गुलाव जङग शाह, केन्द्रीय सदस्य हरु, सल्लाहकार परिषद सदस्यहरु र जिल्ला कमिटी अध्यक्ष नरेन्द्रकुमार शाही समेतले महत्त्वपूर्ण निर्देशनमुलक बिचार ब्यक्त गर्नु भएको थियो ।
बैठकले वडा केन्द्रीत ३ महिने अभियानलाई पालिका, वडा र टोलमा प्रभावकारी रुपमा संचालन गर्ने निर्णय गर्नुका साथै बिभागहरु गठन, जिल्ला कमिटी सदस्यहरुको भूगोलको कार्य बिभाजन समेत गरेको छ ।
उक्त बैठकमा नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश ईन्चार्ज गोरखबहादुर बोगटीको पर्न गएको जन्म दिनको अबसरमा सम्पुर्ण उपस्थित अतिथी तथा सहभागीले बधाई तथा शुभकामना ज्ञापन दिने कार्यक्रम भएको थियो ।