Flash News

हुम्ला-काठमाडौँ सम्पर्क मञ्चको अध्यक्षमा हरि रावल चयन

२४ फाल्गुन २०७९, बुधबार १५:१६

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) हुम्ला-काठमाडौँ सम्पर्क मञ्चको भेला सम्पन्न भएको छ।

भेलाले हरि रावलको अध्यक्षतामा १५ सदस्यीय कमिटी गठन गरिएको पार्टी लेखा आयोगका केन्द्रीय सदस्य देविलाल रावलले जानकारी दिएका छन्।

भेलालाई पार्टीका उपमहासचिव प्रकाश ज्वाला, पोलिटब्युरो सदस्य विजय गुरूङ, केन्द्रीय सदस्य हस्तबहादुर शाही, लेखा आयोगका सदस्य देविलाल रावल नेताहरू धनन्जय फडेरा, प्रेमा लामा, कमल खत्रीलगायतका नेताहरूले शुभकामना मन्तव्य राखेका थिए।

सम्पर्क मञ्चको उपाध्यक्षमा सुरेन्द्र बुढा चयन भएका छन्। मञ्चको सचिवमा प्रवजन उपाध्याय, उपसचिवमा कलावती तामाङ, कोषाध्यक्षमा कविता शाही चयन भएकी छन्। त्यस्तै मञ्चको सदस्यमा पुष्कर शाही, सरिता रम्तेल, धन रावल, मदन परिवार, मिजरा टमटा, धनलाल परिवार चयन भएका छन्।

प्रतिक्रिया दिनुहोस्