राजनीनिती

एमाले हुम्लाको अदानचुली गा.पा. – काठमाडौं सम्मर्क मञ्च गठन

१९ माघ २०८१, शनिबार २०:२२

काठमाडौं । नेकपा (एमाले) हुम्ला – काठमाडौं सम्पर्क मञ्चको आयोजनामा हुम्ला जिल्लाका अदानचुली पालिकाबाट काठमाडौंमा बिभिन्न पेशा ब्यबसाय तथा अध्ययन गरी बसोबास गर्ने हम्लाबासीहरुको बृहत भेलाबाट काठमाडौंको कर्णाली प्रदेश सम्पर्क कमिटीके कार्यालय, बागबजारमा अदानचुली – काडमाडौं सम्पर्क मञ्चको गठन गर्दै सम्मेलन सम्पन्न भएकोछ ।

सम्म्ेलनका प्रमुख अतिथी नेकपा (एमाले) सम्पर्क समन्वय कमिटीका सदस्य देविलाल रावलले सम्पर्क मञ्चका काम, कर्तब्य र अधिकारका बारेमा निर्देशनात्मक मन्तब्य राख्नु भएको थियो । सम्मेलनमा नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीका सचिवालय सदस्य रुपा शाही, कर्णाली प्रदेश सम्पर्क कमिटीका अध्यक्ष भक्त ब. रावत, कर्णाली प्रदेश सम्पर्क कमिटीका उपसचिव बिरजन महतारा, जिल्ला कमिटी हुम्लाका उप सचिव मन्जु रावल, कर्णाली प्रदेश सम्पर्क कमिटीका सदस्यहरु प्रबल चौलागाई, सन्तोश शाही, अंगराज ढकाल र अनेरास्वबियुका केन्द्रिय सदस्य जयराज संज्याल लगायत नेताहरुको आतिथ्यतामा सम्पन्ना भएकोछ ।

सम्मेलन हुम्ला – काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष भरत रावत र संचालन सचिव सुबिस्त भण्डारीले गर्नु भएको थियो ।

सम्मेलनले अदानचुली गा.पा. – काठमाडौं सम्पर्क मञ्च अंग बशादुर शाहीको अध्यक्षतामा ७ सदस्यि पालिका स्तरिय सम्पर्क मञ्च गठन भएकोछ ।

प्रतिक्रिया दिनुहोस्