डोल्पा । नेकपा (एमाले)ले ३ महिने वडा केन्द्रित अभियान संचालन गरेकाे छ । पार्टिकाे विस्तार, संगठन सुदृढीकरण तथा सरकारले सुशासन, न्याय, विकास निर्माणमा गरेका कामबारे जनतालाई बुझाउने तीन महिने जरा केन्द्रित अभियान संचालन गरेकाे हाे ।
कर्णालीका वडा वडामा पुगेर जनताका गुनासा सुन्ने र संबाेधन गर्ने अभियानकाे लक्ष्य छ । अभियानलाई सफल बनाउन नेकपा (एमाले)का कर्णाली प्रदेश ईन्चार्ज गाेरखबहादुर बाेगटी जिल्ला जिल्लामा पुगिरहेका छन् । अभियानलाई सफल बनाउन ईन्चार्ज बाेगटीले आफ्नाे सक्रियता बढाएका छन् ।
माघकाे चिसाेकाे प्रवाह नगरी पार्टीकाे अभियान सफल बनाउन जिल्ला दाैडाहाका क्रममा दुर्गम हिमाली जिल्पा डाेल्पा पुगेका छन् । यसअघि अभियान लिएर रुकुम पश्चिम, सल्यान र जाजरकाेट पुगेर कार्यक्रम सम्पन्न गरेका छन् ।
यसैबीच डाेल्पाकाे त्रिपुरासुन्दरी नगर कमिटीकाे २२ औँ बैठक तथा अभियानकाे प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ । बैठकमा प्रमुख अतिथि गाेरखबहादुर बाेगटीले नेकपा एमाले पार्टीलाई देशकाे ठुलाे शक्ति बनाउन पार्टीले गरेका राम्रा कामबारे जनताइ जानकारी गराउनु आबश्यक रहेकाे बताए ।
उनले भने,’सुशासन,न्याय र विकासका लागि देशमा एमालेकाे विकल्प छैन्। एमालेलाई ठुलाे दल बनाउन वडादेखि पार्टि बलियाे हुनु पर्छ । यसमा सबै नेता कार्यकर्ता जुट्न पर्छ । ०८४ मा पार्टीलाई पहिलाे शक्ति बनाउन अहिलेबाटै अभ्यास गराै, जनताका गुनासा सुनाै, संबाेधन गराै ।’
अभियान सफल बनाउन ईन्चार्ज बाेगटीकाे सक्रियताले पार्टीका नेता कार्यकर्ताहरुमा समेत जाँगण पैदा भएकाे छ । जिल्ला जिल्ला पुगेका ईन्चार्जले अभियान सफल बनाउनु सबैकाे दायित्व भएकाेले जिम्मेवार भएर लाग्न समेत सुझाव दिदै आएका छन् ।
बैठकले माघ २८ गते चौथो नगर अधिबेशन गर्ने, जरा केन्द्रित ३ महिने पार्टी अभियानलाई वडा र टोलमा प्रभावकरी रुपमा सन्चालन गर्ने निर्णय गरेकाे छ।
डाेल्पाकाे बैठक का.वा.अध्यक्ष कृष्णबहादुर धरालाको अध्यक्षता, प्रदेश इन्चार्ज गोरखबहादुर बोगटीको प्रमुख आतिथ्यता,केन्द्रीय सदस्य एवम् डोल्पा इन्चार्ज बदमीक्वारा बुढाको बिशेष आतिथ्यता, प्रदेश कमिटी सदस्यहरु – विशालचन्द्र डसाल, पुर्णबहादुर डागी र चन्दकुमारी बुढा, जिल्ला कमिटी अध्यक्ष लङ्कबहादुर रोकाया, जिल्ला कमिटीका सदस्यहरु, नगर प्रमुख जनचन्द्र बुढा, उपप्रमुख देवी घर्ती, जनसंगठनका प्रमुखहरु र नगर कमिटी सदस्यहरूको उपस्थितिमा सम्पन्न भएको छ ।