राजनीनिती

एमाले ठुलीभेरी नगर कमिटीको बैठक सम्पन्न : अभियानमा लाग्न इन्चार्ज बोगटीको निर्देशन

२० माघ २०८१, आईतवार २३:१३

 डोल्पा । एमाले डोल्पाको ३ महिने वडा तहसम्मको अभियान अन्तर्गत आज ठुलीभेरी नगरकमिटीको ११ औं बैठक सम्पन्न भएको छ ।

डोल्पाको ठुलीभेरी नगरकमिटीको ११ औं पूर्ण बैठक संचालन आज सम्पन्न भएको छ । बैठकको प्रमुख अतिथि स्थायी कमिटी सदस्य कर्णाली प्रदेश इन्चार्ज गोरखबहादुर बोगटीले नेता कार्यकर्ताहरु सबैलाई वडा केन्द्रित भएर पार्टी निर्माण सुदृढिकरणमा लाग्न निर्देशन दिनु भयो ।


निर्देशनका क्रममा पार्टीको निर्णय र अभियानलाई सफल पार्न नलाग्ने नेता कार्यकर्ताको मूल्याङ्कन हुने र पार्टीले जिल्लाको रिपोर्टिङ सँग सँगै आफैले केन्द्र प्रदेशले अनुगमन गरेर समेत अभियानका क्रमको मात्रै होइन अरु बेलामा पनि पार्टी निर्माण र सुधारमा नलाग्ने अवसर मात्र खोज्ने परम्परा हट्दै गएको बताउनु भएको छ ।

डोल्पा जिल्लामा ३ महिने वडा तहसम्मको अभियान संचालनका क्रममा नेकपा(एमाले) स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश इन्चार्ज गोरखबहादुर बोगटी, केन्द्रिय सदस्य एवम् जिल्ला कमिटी डोल्पा जिल्ला इन्चार्ज बद्मीक्वाँरी बोहोरा(बुढा), नेकपा(एमाले) जिल्ला कमिटी डोल्पाका अध्यक्ष लंकबहादुर रोकाया, कर्णाली प्रदेश सदस्यहरु विश्वचन्द्र डसाल, चन्द्रकुमारी बुढा, पूर्णबहादुर डाँगी, पाषाङ ल्हामु रोकाया, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको एमाले ठुलीभेरी नगरकमिटीले जनाएको छ ।


एमाले जिल्ला कमिटी डोल्पाको कार्य योजना अनुसार क्रमशः गाउँकमिटीका बैठकहरु हुँदै जानेछन् भने, गाउँ तथा नगरकमिटीहरुको बैठकले बनाएको कार्य योजना अनुसार वडा वडाका बैठकहरु संचालन गरिने एमाले डोल्पाका अध्यक्ष रोकायाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्