Flash News

राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेल विजयी (तस्बिरसहित)

२५ फाल्गुन २०७९, बिहीबार १२:५२

काठमाडौँ। राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेल विजयी भएका छन्। उनी निकटतम प्रतिस्पर्धी एमालेका सुवास नेम्वाङलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन्।

पौडेलले संघतर्फ २१४ र प्रदेशतर्फ ३५२ सांसदको मत पाएका छन्। यसैगरी नेम्वाङले प्रदेशतर्फ १६२ र संघतर्फ ९८ सांसदको मत पाए। यस्तै पाँच मत भने बदर भएको छ।

जसअनुसार पौडेलले संघतर्फ १६९०६ र प्रदेशतर्फ १६८९६ मतभार प्राप्त गरे। उनको कुल मतभार ३३८०२ रहेको छ। यसैगरी नेम्वाङले संघतर्फ ७७४२ र प्रदेशतर्फ ७७७६ गरी कुल १५५१८ मतभार प्राप्त गरे।

प्रतिक्रिया दिनुहोस्