सिमकोट । प्रेस चौतारी नेपाल हुम्लामा दाने बोहोराको अध्यक्षतामा सिंगो टिम सर्बसम्मत रुपमा निर्बाचित भएकाछन ।
आज हुम्लाको सदरमुकाम सिमकोटमा सम्पन्न छैटौं जिल्ला अबिधेशनबाट अध्यक्ष बोहोरा लगायत पदाधिकारी तथा सदस्यहरु सर्बसम्मत निर्बाचित भएका हुन ।
जिल्ला कमिटीको उपाध्यक्षमा रतन रावत र बेलुमाया महतारा, सचिवमा मोहनसिंह बुढा, सह सचिवमा लक्ष कामी र मिगुर लामा, कोषाध्यक्षमा ऐटन रावल सदस्यहरुमा क्रमश धन ब. भण्डारी र भाग्गी थापा सर्बसम्मत निर्बाचित भएकाछन ।
यस्तै केन्द्रिय प्रतिनिधीमा काली ब. थापा र नन्द सिंह चयन भएकाछन भने प्रदेश प्रतिनिधीमा सुरेश परियार, नृपराज हमाल र पदमराज हमाल चयन भएकाछन ।
जिल्ला सल्लाहकार समितीको संयोजकमा मिमसिंह नेपाली र सदस्यमा हरीबहादुर रावत र मोतिलाल महतारालाई चयन गरिएकोछ ।