राजनीनिती

इन्चार्ज बोगटीको उपस्थितीमा एमाले चिङ्गाड गाउँ कमिटीको बैठक सम्पन्न

२४ माघ २०८१, बिहीबार २३:१६

 

सुर्खेत । नेकपा(एमाले) को ३ महिने वडा केन्द्रीत पार्टी अभियानको सिलसिलामा सुर्खेत, चिङ्गाड गाउँ कमिटीको चौथो बैठक चिङ्गाड राजिकुनास्थित पालिकाको सभाहलमा सम्पन्न भएकोछ ।

बैठक एमाले कर्णाली प्रदेश कमिटी इन्चार्ज गोरखबहादुर बोगटीको प्रमुख आतिथ्यतामा र चिङ्गाड गाउँ कमिटीका अध्यक्ष टोपबहादुर अधिकारीको अध्यक्षता सम्पन्न भएकोछ। केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर क का इन्चार्ज ठम्मरबहादुर बिष्टको बिशेष आतिथ्यता, प्रदेश कमिटी सदस्यहरु, सुर्खेत जिल्ला कमिटी अध्यक्ष एवम् सदस्यहरुको आतिथ्यतामा सम्पन्न भएको छ ।

बैठकले सबै वडा र टोलसम्म पार्टी अभियानलाई प्रभावकारी ढंगले सन्चालन गर्ने निर्णय गरेको छ । बौठकमा प्रमुख अतिथी, बिशेष अतिथी एवम् अतिथिहरुले पार्टी अभियान सम्बन्धी प्रशिक्षणमुलक मन्तब्य राख्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्