Flash News

उपराष्ट्रपति चुनावका लागि चार जनाको उम्मेदवारी दर्ता

२७ फाल्गुन २०७९, शनिबार १०:३८

काठमाडौँ। चैत ३ गते हुने उपराष्ट्रपति चुनावका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ।

नेकपा एमालेबाट एक जना तथा सत्तारुढ गठबन्धनमा रहेका दलहरूबाट तीन जनाको उम्मेदवारी परेको हो। एमालेबाट पार्टीकी उपाध्यक्ष रहेकी अष्टलक्ष्मी शाक्य उम्मेदवार बनेकी छन्।

उता उपराष्ट्रपति पदमा महिला कि पुरुषलाई उम्मेदवार बनाउने विषयमा अन्योलबीच सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीच सहमति नहुँदा जनमत पार्टी र जसपा नेपालले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन्। जनमतबाट ममता झा तथा जसपा नेपालबाट रामसहाय प्रसाद यादव र प्रमिला यादव उम्मेदवार बनेका छन्।

प्रतिक्रिया दिनुहोस्