राजनीनिती

आचार्य र चौलागाई भुमि समस्या समाधान आयोगको बिज्ञ सदस्य नियुक्त

२७ माघ २०८१, आईतवार २२:१९

 

काठमाडौं । नेकपा एमालेका जुम्ला जिल्ला कमिटी सदस्य सुमन आचार्य जुम्ला जिल्ला भुमि समस्या समाधान आयोगको बिज्ञ सदस्य र नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटीका सदस्य  प्रबल कुमार चौलागांई (जगन्नाथ) मुगु जिल्ला भुमी समस्या समाधान आयोगको बिज्ञ सदस्यमा नियुक्त भएका छन ।

बिज्ञ सदस्य सुमन आचार्य नेकपा एमालेको जुम्ला – काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष हुदै जुम्ला जिल्ला कमिटी सदस्य र प्रबल कुमार चौलागांई (जगन्नाथ) बिगत लामो समय देखी नेकपा एमालेको मुगु – काठमाडौं सम्पर्क मञ्च हुदै कर्णाली प्रदेश सम्पर्क कमिटीमा   राजनितिक यात्रा अगाडी बढाई रहनु भएकोछ ।

लामो समय सम्पर्क मञ्च र कमिटीमा रही कार्य गरेका बिज्ञ सदस्य सुमन आचार्य र प्रबल कुमार चौलागांई (जगन्नाथ)लाई नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटीका अध्यक्ष भक्त ब. रावतले सम्पर्कको तर्फबाट कार्य सफलताको शुभकामना दिइएको हिमालय प्रेसलाई जानकारी दिनु भएकोछ ।

प्रतिक्रिया दिनुहोस्