Flash News

स्ववियु निर्वाचन: नेविसंघ, क्रान्तिकारी र अनेरास्ववियूबीच तालमेल

२७ फाल्गुन २०७९, शनिबार १३:३०

काठमाडौँ। स्ववियु निर्वाचनमा तीन ठूला विद्यार्थी संगठनबीच तालमेल हुने भएको छ।

आगामी चैत ५ गते हुन लागेको स्ववियु निर्वाचनमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा मित्रवत प्रतिस्पर्धा गर्नेगरी उपत्यकाका अन्य ठूला क्याम्पसहरुमा नेविसंघ,अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियूबीच तालमेल गर्ने सहमति भएको हो।

अखिल (क्रान्तिकारी) का महासचिव दिपेश पुनले त्रिभुवन विश्वविद्यालय(त्रिवि) हुने स्ववियु निर्वाचनमा तीन विद्यार्थी सङ्गठनबीच उपत्यकाका ठुला क्याम्पसमा तालमेल गर्ने सहमति भएको जानकारी दिए।

उनका अनुसार नेविसंघले १५ क्याम्पस, अनेरास्ववियु (क्रान्तिकारी)ले १० क्याम्पस र अनेरास्ववियूले ३ क्याम्पसमा स्ववियु सभापति हुनेगरी तालमेल भएको छ।

नेविसंघले सभापतिमा त्रिचन्द्र, पद्दमकन्या, शंकरदेव, मिनभवन, पशुपति, पाटन, आई ओ एम महाराजगंज, टिचिङ् नर्सिङ्, आयुवेर्द, जनप्रशासन, सरस्वती, ग्रमिण,कोटेश्वर, भक्तपुर बहुमुखी, केआईसी कालीमाटी, शिक्षा क्याम्पस थली पाउने छ भने अनेरास्ववियु (क्रान्तिकारी)ले थापाथली, सानोठिमी, पुल्चोक, नेपाल (ल), पब्लिक युथ, विश्वभाषा, एनआर, नेशनल ई., हिमालयन ई. पाउने सहमति भएको छ । साथै, अनेरास्ववियूले आरआर ,ताहाचल, वानेश्वर स्ववियु सभापति पाउने गरी सहमति गरिएको छ।

तीन विद्यार्थी संगठनले शनिबार जारी गरेको संयुक्त विज्ञप्तिमा त्रिविका अतिरिक्त मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयमा पनि तालमेल गरेर जाने निर्णय भएको उल्लेख छ।

student

प्रतिक्रिया दिनुहोस्