Flash News

यादवको उम्मेदवारी कायमै रहने निर्णय

२८ फाल्गुन २०७९, आईतवार ०६:३१

काठमाडौं। निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवको उम्मेदवारी कायमै रहने निर्णय गरेको छ ।

सहायक निर्वाचन अधिकृत अमृता शर्मा पौडेलले यादवको उम्मेदवारी बदर नहुने निर्णय गरेको जानकारी दिइन् । यादवको उम्मेदवारी खारेजको माग गर्दै नेकपा एमालेका उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झाले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्