Flash News

सिन्धुली दुर्घटना अपडेट: मृतकको संख्या ६ पुग्यो

२८ फाल्गुन २०७९, आईतवार ०७:३७

काठमाडौँ। सिन्धुलीको फिक्कल गाउँपालिका–४ मा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । ओखलढुंगाबाट काठमाडौँ आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस फिक्कलमा दुर्घटना भएको थियो ।

मृतकको संख्या ६ पुगेको सिन्धुलीका एसपी राजकुमार सिलवालले रातोपाटीलाई बताए । मृत्यु हुनेमा ३ पुरुष र ३ महिला छन् । दुर्घटनामा परेर २९ जना घाइते भएका छन् । घाइतेलाई उपचारको लागी सिन्धुलीको खुर्कोटमा ल्याइँदै छ ।

बस तिब्र गतिको कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको एसपी सिलवालले जानकारी दिए । बस सडकको भित्तामा ठोक्किएको छ । चालक फरार छन् ।

प्रतिक्रिया दिनुहोस्