काठमाडौं । नेपाल सरकारले कर्णाली करिडाेर (उत्तर-दक्षिण राजमार्ग), कालिकोटको खुलालुदेखि हुम्लाको हिल्सा (नेपाल र चीनको सीमाना) सम्मको सडक अन्तरगतकाे बाजुराको पिलुचौर हुदै हुम्लाको अदानचुली गा.पा. र सर्केगाड गा.पा.को सीमाना तुम्चसम्मको ५० किमि सडककाे कालाेपत्रेसहित स्तराेन्नतिकाे लागि कार्यक्रम स्वरुप रु.४ अर्ब २३ करोड रकमको श्रोत सुनिश्चितता तथा बहुबर्षीय ठेक्का सहमती भै बोलपत्र आह्वान गरेकोछ ।
यो आयोजनाका लागि पहलकदमी लिने प्रधानमन्त्री केपी शर्मा ओली, अर्थ मन्त्री बिष्णु प्रसाद पौडेल र भाैतिक पुर्बधार मन्त्री देवेन्द्र दाहाललाई विशेष धन्यवाद दिइएको नेकपा एमाले)का स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश कमिटी इन्चार्ज गोरखबहादुर बोगटीले हिमालय प्रेसलाई जानकारी दिनु भएकोछ ।
यसकाे सफल कार्यान्वयनकाे लागि सबैले आ-आफनाे ठाँउबाट सक्दो योगदन पुर्याउन जरुरी रहेको इन्चार्ज बोगटीले बताउनु भएकोछ ।