Flash News

राष्ट्रपतिको सपथ र निवर्तमान राष्ट्रपतिको बिदाई (तस्बिरसहित)

२९ फाल्गुन २०७९, सोमबार १३:२२

काठमाडौँ। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार राष्ट्रपति कार्यालय शीतल निवास प्रवेश गरेका छन्। उनले पद तथा गोपनीयताको शपथ लिए भने सोमबारदेखि नै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवास छाडेकी छन्।

सोमबार शीतल निवासमा आयोजित शपथ समारोहमा कामु प्रधानन्ययााधीश हरिकृष्ण कार्कीले पौडेललाई पद तथा गोपनीयताको शपथ गराए। शपथपछि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कुर्सी राष्ट्रपति रामचन्द्र पौडेललाई हस्तान्तरण गरेकी छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निवर्तमान राष्ट्रपति भण्डारीलाई सरकारका तर्फबाट उपहार प्रदान गरेका थिए।

निवर्तमान राष्ट्रपतिले शीतल निवास छाड्दा नवनिर्वाचित राष्ट्रपति पौडेल गाडीसम्म पुर्‍याउन गएका थिए । शपथ समारोहमा पूर्वराष्ट्रपति रामवरण यादव, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरु, सांसदहरु, कुटनीतिक नियोगका अधिकारीहरु लगायत सहभागी थिए।

तस्बिरः प्रदिपराज वन्त

प्रतिक्रिया दिनुहोस्