राजनीनिती

सरकारले ल्याएका अध्यादेश संसदबाट पास हुन्छन् : शंकर पोखरेल

५ फाल्गुन २०८१, सोमबार १८:१३

गणेश आचार्य
दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले जारी गरेका ६ वटा अध्यादेश संसदबाट पारित भएरै छाड्ने बताएका छन् । एमाले दाङले आज घोराहीमा गरेको जनसभालाई सम्बोधन अध्यादेश संसद छल्न नभई जनतासँग प्रत्यक्ष जोडिएका काम छिटोछरितो गर्नका लागि ल्याइएको दाबी गरे ।

अध्यादेश संसद छल्न होइन । संसदबाट लैजाँदा ढिला हुने भएकाले ल्याउनु परेको हो । महासचिव पोखरेलले भने,- जनतासँग प्रत्यक्ष जोडिएका काम छिटोछरितो गर्नकालागि अध्यादेश ल्याइएको हो । सरकारले ल्याएका ६ वटै अध्यादेश जनताका पक्षमा भएको दाबी गर्दै पोखरेलले विरोधकालागि बिरोध भन्दा पनि यसकारण अध्यादेश जनबिरोधी छ भनेर औचित्य पुष्ट गर्न विपक्षी दललाई चुनौती दिए ।

अध्यादेश जनताका पक्षमा छन् । महासचिव पोखरेलले भने,- अध्यादेश के कति कारणले जनताका पक्षमा छैनन् भनेर त्यसको पुष्टि गर्न म विपक्षी दललाई चुनौती दिन्छु ।

प्रतिक्रिया दिनुहोस्