Flash News

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पदभार ग्रहण

२९ फाल्गुन २०७९, सोमबार १५:४१

काठमाडौँ। राष्ट्रपति निर्वाचित रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएसँगै पदभार ग्रहण गरेका छन्।

सोमबार दिउँसो पद तथा गोपनीयताको शपथ लिएसँगै शीतल निवासमा पौडेलले पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहण गर्नुअघि राष्ट्रपति पौडेलले लैनचौरस्थित सहिद स्मारकमा रहेको सहिद स्तम्भमा पुष्पगुच्छा अर्पण गरेका थिए।

राष्ट्रप्रमुख र सरकार प्रमुखहरुले आफूले जिम्मेवारी सम्हालेसँगै शहीद स्मारकमा रहेको शहीद स्तम्भमा पुष्पगुच्छा अर्पण प्रचलन रहिआएको छ। पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका हुन्।

प्रतिक्रिया दिनुहोस्