काठमाडौं । नेकपा (एमाले) सम्पर्क समन्वय कमिटीको उपभोक्ता हित संरक्षण तथा सुशाशन बिभागको सम्पर्क समन्वय कमिटीका सचिवालय सदस्य बिष्णु सिग्देल प्रमुख रहेको बिभागले पार्टी कार्यालय च्यासलमा आज प्रथम बैठक गर्दै २१ बिभाग सदस्य रहने गरी पुर्णता पाएकोछ ।
बैठक उपभोक्ता हित संरक्षण तथा सुशाशन बिभागका प्रमुख बिष्णु सिग्देलको अध्यक्षतामा, नेकपा (एमाले) सम्पर्क समन्वय कमिटीका संयोजक श्याम कुमार बस्नेतको प्रमुख आतिथ्यतामा, नेकपा (एमाले) सम्पर्क समन्वय कमिटीका उप संयोजक थानेश्वर बस्यालको बिशेष आतिथ्यतामा, सम्पर्क समन्वय कमिटीका सचिवालय सदस्य सत्यादेवी अधिकारी र सम्पर्क समन्वय कमिटीका सदस्य देविलाल रावलको आतिथ्यतामा सम्पन्न भएकोछ ।
बैठकमा बिशेष अतिथी श्याम कुमार बस्नेतले सम्पर्क समन्वय कमिटीको तर्फकाट बिशेष निर्देशनात्मक तथा बिभागको काम, कर्तब्य र अधिकारका बारेमा अफ्नो मन्तब्य राख्नु भएको थियो ।
बैठकमा बिभिन्न एजेन्डा माथी छलफल गर्दै बिभागले आगामी दिनमा गर्नु पर्ने काम कार्यको कार्ययोजना, बिभाग सदस्यहरुलाई अभिमुखीकरण, प्रशिक्षण र नियमित बैठक गर्ने निर्णय गरेकोछ ।