काठमाडौं । नेकपा (एमाले)को जारी जरा केन्द्रित अभियानलाई सफल बनाउने निर्णय गर्दै एमाले कर्णाली प्रदेश सम्पर्क कमिटीको बैठक कमिटीको कार्यालय, बागबजार, काठमाडौंमा सम्पन्न भएकोछ ।
बैठक नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटीका अध्यक्ष भक्त ब. रावतको अध्यक्षतामा, नेकपा (एमाले)का केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश सम्पर्क कमिटी इन्चार्ज कल्पना थापाको प्रमुख आतिथ्यतामा, नेकपा (एमाले) सम्पर्क समन्वय कमिटीका संयोजक श्याम कुमार बस्नेतको बिशेष आतिथ्यतामा, नेकपा (एमाले) सम्पर्क समन्वय कमिटीका सह संयोजक थानेश्वर बस्याल, सम्पर्क समन्वय कमिटीका सचिवालय सदस्य सत्यादेवी अधिकारी र सम्पर्क समन्वय कमिटीका सदस्यहरु क्रमश ः चित्र हमाल, सिता नेपाल, जेबी शाही र देविलाल रावलको आतिथ्यतामा सम्पन्न भएकोछ ।
बैठकमा प्रमुख अतिथी कल्पना थापाले सम्पर्क समन्वय कमिटीको तर्फबाट बिशेष निर्देशनात्मक तथा जरा केन्द्रित अभियानका बारेमा अफ्नो मन्तब्य राख्नु भएको थियो ।
बैठकमा बिभिन्न एजेन्डा माथी छलफल गर्दै कमिटीले यही फाल्गुण २४ गते त्रिभुवन पार्क, थानकोटमा पिकनिक आयोजना गर्ने, पार्टी सदस्यता नबिकरण तथ बितरण कार्य प्रभावकारी रुपमा अगाडी बढाउने र प्रशिक्षण आयोजना गर्ने निर्णय गरेकोछ ।
बैठकमा भर्खरै नेकपा एमाले केन्द्रिय सचिवालयले सम्पर्क समन्वय कमिटीमा मनोनित देविलाल रावललाई बधाई तथा स्वागत गरिएकोछ भने कर्णाली प्रदेश सम्पर्क कमिटीका सदस्य सुर्य बस्नेत सम्पर्क समन्वय कमिटीको आइटी बिभाग सचिबमा मनोनित भएकोले बिदाई गरिएको थियो ।
बैठकको संचालन कमिटीका सचिव लोकेन्द्र रोकाले गर्नु भएको थियो भने जिल्ला सम्पर्क मञ्चका अध्यक्षहरुबाट रिपोर्टिङ्ग भएको थियो ।
बैठकले कर्णाली प्रदेश सम्पर्क कमिटीका सदस्य प्रबलकुमार चौलागाई (जगन्नाथ) भुमी समस्या समाधान आयोग मुगुको बिज्ञ सदस्य र जुम्ला-काठमाडौं सम्पर्क मञ्चका पुर्ब अध्यक्ष सुमन आचार्य भुमी समस्या समाधान आयोग जुम्लाको बिज्ञ सदस्यमा मनोनित भएकामो बधाई तथा कार्यकाल सफलताको शुभकामना ब्यक्त गर्ने निर्णय गरेकोछ ।
साथै बैठकले सम्पर्क समन्वय कमिटीका सदस्य जेबी शाहीकी ममतामयी आमा र कर्णाली प्रदेश सम्पर्क कमिटीकी उपाध्यक्ष पुजा शाहीकी सासुआमाको निधन प्रती शोक प्रस्ताव पारित गरेकोछ ।