राजनीनिती

पद्मकन्या क्याम्पसमा एमाले र माओवादी बीच तालमेल

२ चैत्र २०७९, बिहीबार १४:२६

काठमाडौँ। नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पद्मकन्या क्याम्पसमा स्ववियु चुनावमा तालमेल भएको छ ।

आगामी चैत ५ गते हुने चुनावमा एमाले निकट अनेरास्ववियु र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीबीच तालमेल गरेर चुनाव प्रचारप्रसारमा जुटेका हुन् ।

सरकारमा कांग्रेस, माओवादी केन्द्रसहित दलको सरकार भएपनि स्ववियु चुनावमा भने एमाले माओवादी मिलेर तालमेल गरेको अखिल क्रान्तिकारीका नेता मदन ढकालले बताए । पद्मकन्या क्याम्पसको स्ववियू निर्वाचनमा अखिल क्रान्तिकारीबाट त्रिसना आलेमगर अध्यक्ष, सुनैना श्रेष्ठ सचिव र कोषाध्यक्षमा अनेरास्ववियुबाट सुजिता सुनार उम्मेदवार भएकी छन् । ती संगठनले अरू ८ जना सदस्य संयुक्त रूपमा उठाएका छन् । जसमा अखिल क्रान्तिकारीबाट ५ जना र अनेरास्ववियूबाट ३ जनालाई उम्मेदवार बनाइएको छ ।

यस्तै नेपाल विद्यार्थी संघबाट अध्यक्षमा ज्योति पनेरु, सचिवमा भुपेश्वरी ऐर, कोषाध्यक्षमा श्रेया मैनाली उम्मेदवार भएका छन् । अरू आठ जनाले सदस्यमा उम्मेदवारी दिएका छन् । त्यस्तै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीबाट अध्यक्षमा प्रजिता दर्नाल, सचिवमा प्रेमिता बानियाँ र कोषाध्यक्षमा रिता थापाले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्