राजनीनिती

एमाले सम्पर्क समन्वय कमिटी संगठन बिभागको बैठक सम्पन्न

२० फाल्गुन २०८१, मंगलवार १८:३६

  

काठमाडौं । नेकपा (एमाले) सम्पर्क समन्वय कमिटी अन्तर्गतको संगठन बिभागको छैटौं बैठक सम्पर्क समन्वय कमिटीको कार्यालय, च्यासल, ललितपुरमा सम्पन्न भएको छ ।

सम्पर्क समन्वय कमिटीका सचिव तथा संगठन बिभाग प्रमुख आर.सि. लामिछानेको अध्यक्षतामा बसेको बैठकमा नेकपा (एमाले) केन्द्रिय कमिटी सदस्य सरस्वती बस्नेतको प्रमुख आतिथ्यता र नेकपा (एमाले) केन्द्रिय कमिटी सदस्य ईन्द्र भण्डारी, नेकपा (एमाले) सम्पर्क समन्वय कमिटीका संयोजक श्याम कुमार बस्नेत, सह-संयोजक थानेश्वर बस्यालको आतिथ्यतामा बैठक सम्पन्न भएको छ ।

बैठकको संचालन बिभागका सचिव सरिता दाहालले गर्नु भएको थियो भने बैठकमा सातै प्रदेश सम्पर्क कमिटीबाट संगठन बिभाग प्रमुखहरु लगायत संगठन बिभागका सदस्यहरुको उपस्थिति रहेकोे थियो

बैठकले मुख्य रूपमा पार्टी सदस्यता नविकरण, नयाँ सदस्यता बिस्तार सहित ३ महिने जरा केन्द्रिय अभियान प्रभावकारी रुपमा सम्पन्न गर्ने लक्ष्य राखेको छ भने बिभागको बैठक केहि समय सम्म १५/१५ दिनमा बस्ने निर्णय गरेको कुरा कर्णाली प्रदेश सम्पर्क कमिटीका सचिव लोकेन्द्र रोकाले हिमालय प्रेसलाई जानकारी दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्