राजनीनिती

अबको २५/३० बर्ष पछी नेपालको सबैभन्दा धनी प्रदेशका रुपमा कर्णाली हुनेछ – गोकर्ण बिष्ट

२४ फाल्गुन २०८१, शनिबार २०:१०

काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटीद्धारा आयोजित बृहत बनभोज तथा साँस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै नेकपा एमालेका सचिव तथा पुर्ब मन्ञी गोकर्ण बिष्टले अबको २५/३० बर्ष पछी नेपालको सबैभन्दा धनी प्रदेशका रुपमा कर्णाली प्रदेश रहने कुरा बताउनु भएकोछ । कार्यक्रममा सचिव बिष्टले कर्णाली प्रदेशका बासिन्दाहरु भाग्यशाली योद्दाका रुपमा आफुले बुझेको बताउनु भएकोछ । बसोबासको हिसाबले, सम्बृद्रिको हिसाबले कर्णाली प्रदेश अगाडी रहनेछ । कर्णालीका सबै जिल्ला सदरमुकाम सम्म गुणस्तरिय सडक लगायतका बिकाशका मुल प्रबाहामा पुर्याउनु पर्ने कुरा बताउनु भएकोछ ।

कार्यक्रम नेकपा एमालेका पोलिटब्युरो सदस्य मोहन बानिया र खिममान खड्काको बिशेष आतिथ्यता तथा नेकपा एमालेका केन्द्रिय कमिटी सदस्य तथा कर्णाली प्रदेश सम्पर्क कमिटी इन्चार्ज कल्पना थापा, केन्द्रिय कमिटी सदस्य दल फडेरा, केन्द्रिय कमिटी सदस्य बिष्णु रिजाल, केन्द्रिय कमिटी सदस्य धर्मराज रेग्मी, सम्पर्क समन्वय कमिटीका संयोजक श्याम कुमार बस्नेत, सम्पर्क समन्वय कमिटी सदस्य देबिकृष्ण चौलागाई, जे.बि. शाही र देविलाल रावल लगायको आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रमको अध्यक्षता कर्णाली प्रदेश सम्पर्क कमिटीका अध्यक्ष भक्त ब. रावतले गर्नु भएको थियो भने संचालन सचिव लोकेन्द्र रोकाले गर्नु भएको थियो ।

बनभोज तथा सांस्कृतिक कार्यक्रमको लागी आर्थिक सहयोग गर्ने सम्पर्क समन्वय कमिटीका सदस्य तथा अन्य महानुभाबहरुलाई कदर पञद्धारा सम्मान गरिएको थियो भने गायिका शोभा थापा र यायक अमृत कुमार अनमोल लगायत सल्यानका कलकारहरुको बेजेड प्रस्तुती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्