काठमाडौं । काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वार पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दल तथा संगठनको र्यालीमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको तस्बिर प्रयोग भएको पाइएको छ ।
आफुलाइ राजावादी भन्नेहरुले आज (फागुन २५ गते)त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकको सडकमा प्रदर्शन गरिएको अराजनीतिक भिडमा छिमेकी मुलुक भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर पनि प्रदर्शन गरेको दृश्य देशदुनियाले स्पष्ट रुपमा देखेका छन्।
यसबाट आजको सडक प्रदर्शनको प्रेरणाको स्रोत को र केका लागि ? यसको अभिष्ट के होला ? भन्ने बारेमा पनि उदाङ्गो भएको छ । यस्ता राष्ट्रविरोधी एवम् अराजनीतिक हर्कतका बारेमा समयमै सबै सचेत हुन जरुरी छ। सडक प्रदर्सनमा प्रदर्सन गरिएको तस्बिरबाट थप स्पष्ट देखिन्छ ।