Flash News

उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन राष्ट्रपति समक्ष पेस गरिने

५ चैत्र २०७९, आईतवार ०३:११

काठमाडौँ। निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन आज राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गर्ने भएको छ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्ने प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

उपराष्ट्रपतिको निर्वाचन गत चैत ३ गते सम्पन्न भएको थियो । निर्वाचनमा जसपा नेता रामसहाय यादव विजयी भएका थिए।

प्रतिक्रिया दिनुहोस्