राजनीनिती

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मकवानपुरको जिल्ला अधिवेशन तयारी बैठक सम्पन्न

२७ फाल्गुन २०८१, मंगलवार १६:५४

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीको जनवर्गीय संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको जिल्ला अधिवेशन तयारी बैठक सम्पन्न भएको छ ।

युवा संगठनका जिल्ला संयोजक किशोर खत्रीको अध्यक्षता तथा राप्रपा जिल्ला अध्यक्ष सागर थापाको प्रमुख आतिथ्यतामा आज राप्रपा मकवानपुरको पार्टी कार्यालयको सभाहलमा सम्पन्न भएको हो ।

अधिवेशनमा जिल्ला भरिबाट २ सय ५० प्रतिनिधि सहभागी हुने छन् । राष्ट्रियता, संवैधानिक राजसंस्था, हिन्दूराष्ट्र, अखण्ड नेपाल र बहुदलीय प्रजातान्त्रिक मूल्य, मान्यता, आदर्श र उदारवादी सिद्धान्तप्रति प्रतिबद्ध भइ समग्र युवाको हकहित उत्थानको संरक्षण र सम्बद्र्धन गर्दै युवामा राजनीतिक नेतृत्व विकास गर्नको लागि युवावर्गको प्रतिनिधिमूलक संस्था रहेको खत्रीले जानकारी गराएका छन् ।

उनले युवाले नै युवाको समस्या समाधान गर्ने भएकोले मकवानपुर  जिल्लाका सवै तहमा युवा सगठनलाई शसक्त बनाएर अघि लैजाने बताएका छन् ।

अधिवेशन यही चैतको २ गते बालकुमारी पार्टी प्यालेसमा हुने जिल्ला संयोजक किशोर खत्रीले जानकारी दिएका छन् ।

कार्यक्रमको उद्घाटन राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका केन्द्रीय सदस्य एवं पूर्वाधार विकास समिति सभापति माननीय दिपक बहादुर सिंहले गर्ने भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्