राजनीनिती

श्रीधर श्रेष्ठलाई नेपाल विद्यार्थी संघबाट सभापतिको आधिकारिक टिकट

२८ फाल्गुन २०८१, बुधबार १०:३४

काठमाडौं । त्रिचन्द्र  कलेजको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आगामी चुनावमा नेपाल विद्यार्थी संघले आफ्नो आधिकारिक उम्मेद्वारको रूपमा श्रीधर श्रेष्ठलाई सभापतिको टिकट दिएको छ । यस निर्णयले चुनावी मैदानमा नयाँ गतिशीलता ल्याएको छ भने विद्यार्थी राजनीतिमा पनि नयाँ चर्चा सुरु भएको छ ।

श्रीधर श्रेष्ठले आफ्नो राजनीतिक अनुभव, नेतृत्व क्षमता र विद्यार्थीहरूको समस्यालाई सम्बोधन गर्ने उनको दृष्टिकोणका आधारमा यो जिम्मेवारी प्राप्त गरेका हुन् । उनी अघिल्लो पटकसम्म विभिन्न विद्यार्थी संघसंस्थामा सक्रिय रहेका छन् भने विद्यार्थी अधिकार र हितका लागि उनी सधैं आवाज उठाउँदै आएका छन् । उनले आफ्नो उम्मेद्वारी घोषणा गर्दै विद्यार्थीहरूको शैक्षिक गुणस्तरमा सुधार ल्याउने, कलेजमा पारदर्शिता बढाउने र विद्यार्थीहरूको समस्या समाधान गर्ने बाचा गरेका छन् ।

नेपाल विद्यार्थी संघले श्रीधर श्रेष्ठलाई टिकट दिनुको पछि उनीहरूले विद्यार्थी राजनीतिमा नयाँ ऊर्जा र परिवर्तन ल्याउने बताएका छन् ।

यस चुनावमा अन्य दलहरूले पनि आफ्ना उम्मेद्वारहरू उतार्ने तयारी गरेका छन् । तर, श्रीधर श्रेष्ठको उम्मेद्वारीले चुनावी मैदानमा नयाँ प्रतिस्पर्धा सिर्जना गरेको छ । बिधार्थीहरूले उनको उम्मेद्वारीलाई सकारात्मक रूपमा लिँदै उनले प्रस्तुत गरेका विषयवस्तुमा गम्भीर छलफल सुरु गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्