राजनीनिती

गैसस महासंघ नेपालको केन्द्रिय कोषाध्यक्षमा शाही र प्रदेश ईन्चार्जमा रावल चयन

२८ फाल्गुन २०८१, बुधबार १७:२४

काठमाडौं। गैर सरकारी संस्था महासंघको केन्द्रीय कोषाध्यक्षमा हुम्लाका गोबिन्द शाही र कर्णाली प्रदेश इन्चार्जमा बिष्णुदेवि रावल निर्विरोध निर्बाचित भएका छन् ।

लामो समयदेखि गैरसरकारी संस्थाका कार्यरत शाहीले हाल काठमाडौंमा जारी रहेको भेलाले शाहीलाइ कोषाध्यक्षमा र रावललाई केन्द्रीय सदस्य र कर्णाली प्रदेश इन्चार्जमा सर्वसम्मत चयन गरेको हो ।

शाही यसअघि महासंघको सचिव थिए भने रावल यसअघि केन्द्रीय सदस्य रहेकी थिईन । कोषाध्यक्ष शाही लामो समयदेखि किडार्क नेपालको केन्द्रीय निर्देशकका कार्यरत रहदै आएका छन् ।

गैसस महासंघको सिंगो टिमले बुधबार पदभार ग्रहण गरेका छन ।

प्रतिक्रिया दिनुहोस्