राजनीनिती

एमाले हुम्ला-काठमाडौं सम्पर्क मञ्चको ईन्चार्जमा रावल

२८ फाल्गुन २०८१, बुधबार १७:५१

काठमाडौं । नेकपा एमाले सम्पर्क समन्वय कमिटीका सदस्य हुम्ला जिल्लाका युवा नेता देविलाल रावललाई नेकपा एमाले हुम्ला – काठमाडौं सम्पर्क मञ्चको ईन्चार्जका रुपमा जिम्मेवारी प्रदान गरिएकोछ ।

रावलले नेकपा एमालेको हुम्ला – काठमाडौं सम्पर्क मञ्चको २ कार्यकाल अध्यक्ष, कर्णाली अञ्चल सम्पर्क कमिटीको १ कार्यकाल सचिव, जिल्ला कमिटी हुम्लाको १ कार्यकाल कार्यालय सचिव, हाल सम्पर्क समन्वय कमिटीको सदस्य हुदै पार्टीका बिभिन्न जिम्मेवारीमा रहेर आफ्नो कार्य सम्पादन गरि सक्नु भएकोछ ।

सम्पर्क समन्वय कमिटीको निर्णय अनुसार रावलसंगै जाजरकोटका जे.बी. शाहीलाई रुकुम पश्चिम – काठमाडौं सम्पर्क मञ्चको ईन्चार्जको जिम्मेवारी प्रदान गरिएकोछ  ।

प्रतिक्रिया दिनुहोस्