सिमकोट । नेकपा एमाले हुम्ला जिल्ला, प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटी क (१) को प्रथम बैठक कर्णाली प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्य गोरखवहादुर बोगटीको प्रमुख आतिथ्यमा अदानचुली गाउँपालिका केन्द्रमा विगतको समीक्षा र जरा केन्द्रित ३ महिने अभियानलाई सफल बनाउने निर्णय गर्दै सम्पन्न भएकोछ ।
हुम्ला जिल्ला, प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटी क (१) को प्रथम बैठकको अध्यक्षता संयोजक रमेश ऐडीको अध्यक्षतामा सम्पन्न भएकोछ भने बैठकको विशेष अतिथीमा एमाले केन्द्रिय कमिटी सदस्य तथा हुम्ला जिल्ला इन्चार्ज छक्क बहादुर लामा, अतिथीहरुमा क्रमश ः एमाले केन्द्रिय कमिटी सदस्य दल फडेरा, एमाले जिल्ला कमिटी, हुम्लाका अध्यक्ष ज्ञामी बुमी, प्रदेश कमिटीका सदस्यहरु रहेका थिए ।
बैठकमा जिल्ला कमिटी सचिवालय सदस्यहरु, जिल्ला कमिटी सदस्यहरु, गाउँ कमिटी अध्यक्ष लगायत प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटी क (१)का प्रमुख तथा प्रतिनिधिहरुको भव्य उपस्थितिमा सम्पन्न भएको एमाले जिल्ला कमिटी हुम्लाका सचिवालय सदस्य पुर्ण रावलले हिमालय प्रेसलाई जानकारी दिनु भएकोछ ।