Flash News

प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधि सभामा विश्वासको मत लिने

६ चैत्र २०७९, सोमबार ०१:२९

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभामा विश्वासको मत लिने भएका छन्।

प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० को उपधारा २ बमोजिम र प्रतिनिधि सभा नियमावलीको व्यवस्था बमोजिम विश्वासको मत लिने प्रस्तावको सूचना दिएको सभामुख घिमिरेले जानकारी गराएका थिए।

उनले आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने कार्यक्रम रहेको सदनलाई जानकारी गराएका थिए।

प्रतिक्रिया दिनुहोस्