काठमाडौं । नेकपा एमाले हुम्ला – काठमाडौं सम्पर्क मञ्चको बिशेष बैठक नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटीको कार्यालय बागबजारमा सम्पन्न भएकोछ ।
बिशेष बैठक नेकपा एमाले सम्पर्क समन्वय कमिटीका सदस्य तथा हुम्ला – काठमाडौं सम्पर्क मञ्चका इन्चार्ज देविलाल रावलको प्रमुख अतिथ्यता, नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटीका उप सचिव बिरजन महतारा र प्रेस चौतारी नेपाल हुम्लाका अध्यक्ष दाने बोहोराको आतिथ्यतामा सम्पन्न भएकोछ ।
बैठक हुम्ला – काठमाडौं सम्पर्क मञ्चका उपाध्यक्ष पदम लामाको अध्यक्षतामा र सचिव सुबिस्त भण्डारीको संचालनमा सम्पन्न भएकोछ ।
बैठकले भर्खरै नेकपा एमाले सम्पर्क समन्वय कमिटीद्धार हुम्ला – काठमाडौं सम्पर्क मञ्चको इन्चार्जको जिम्मेवारी तोकिएका देविलाल रावललाई स्वागत तथा बधाई दिने, पार्टी सदस्यता नबिकरण तथा नयाँ बितरण यही चैत्र १५ गते भित्र सम्पन्न गरी सक्ने, बाँकी रहेका पालिका स्तरिय सम्पर्क मञ्चहरु पनि यही चैत्र १५ गते भित्र गठन गरि सक्ने र यही चैत्र ५ गते हुन गईरहेको स्वबियु निर्बाचनमा अनेरास्वबियुका उम्मेद्धारलाई जिताउना हर तरहले लाग्ने निर्णय गर्दै सम्पन्न भएकोछ ।
बैठकमा हुम्ला – काठमाडौं सम्पर्क मञ्चका उप सचिव बिष्णु रावल, कोषाध्यक्ष हस्त धामी लगायत सदस्यहरुको उपस्थिती रहेको थियो ।